१८ वर्षे कवासीसँग वायर्नले गर्‍याे चार वर्षे सम्झौता

जर्मन क्लब वायर्न म्युनिखले युवा डिफेन्डर तान्गुय कवासीलाई अनुबन्ध गरेको छ।

वायर्नले फ्रेन्च फुटबलर कवासीसँग चार वर्षको सम्झौता गरेकाे हाे।

१८ वर्षे डिफेन्डर कवासी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेण (पीएसजी) बाट खेल्दै आएका थिए।

पीएसजीसँगको उनको सम्झौता जुन ३० मा सकिएको थियो। तर, उनले क्लबसँग नयाँ सम्झौता गर्न अस्विकार गरेका थिए।
 
सम्झौतासँगै कवासी सन् २०२४ सम्म वायर्नमा रहने छन्।

कवासीले गत वर्षको डिसेम्बरमा पीएसजीको सिनियर टिममा डेब्यु गरेका थिए।

पीएसजीका लागि १३ खेल खेलेका उनले ३ गोल गरेका छन्।

'वायर्नबाट खेल्न पाउँदा म खुशी छु,' उनले भने, 'वायर्न ठूलो क्लब हो। मलाई आशा छ म यहाँ सफल हुनेछु।'

प्रकाशित मिति: : 2020-07-02 05:27:06

प्रतिकृया दिनुहोस्