यी हुन् लकडाउनमा झ्यालबाट खिचिएकाे उत्कृष्ट ५ तस्वीर

नेपाल पर्यटन बोडले आह्वान गरेअनुसार व्यक्तिले पठाएका झ्यालबाट खिचिएका तस्वीरमध्ये ५ उत्कृष्ट तस्वीर छनोट गरिएको छ।

लकडाउनमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ बोर्डले झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता चलाएको थियो।

सोहीअनुसार सार्वसाधारणबाट तस्वीर माग गरिएको थियो। प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरू अनलाइनबाट पठाउन अनुरोध गरिएको थियो।

नेपाल पर्यटन बोर्डको फोटो अभियानको साइट फोटो नेपाल डट ट्राभलमार्फत प्रतियोगितामा सहभागिता जनाइएको थियो।  

यसरी माग भएपछि सात सयभन्दा बढी फोटो प्राप्त भएका थिए। त्यसबाट उत्कृष्ट ५ तस्वीर छनोट गरी सार्वजनिक गरिएको बोर्डले जनाएको छ।

उत्कृष्ट पाँचमा छनोट भएका फोटोग्राफर प्रविन श्रेष्ठ, उमेश स्थापित, सुशील पौडेल, साम्दे शेर्पा र कमल कँडेलले खिचेका तस्वीर छनोट भएका छन्। यी तस्वीर छनोटमा मुख्य निर्णायकको भूमिका वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठले निर्वाह गरेका हुन्।

विजयीहरूलाई जनही दश हजार नगद पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ।

प्रकाशित मिति: : 2020-07-05 17:57:29

प्रतिकृया दिनुहोस्