साउथह्याम्पटनसँग म्यान्चेस्टर सिटी पराजित

प्रिमियर लिग फुटबलमा अन्तर्गत आइतबार भएको खेलमा साउथह्याम्पटनसँग म्यान्चेस्टर सिटी पराजित भएको छ। 

साउथह्याम्पटनको मैदानमा भएको खेलमा पाहुना टोलि सिटी १– ० गोल अन्तरले पराजित भएको हो। 

तुलनात्मक रुपमा कमजोर रहेको साउथह्याम्पटनको जितमा एक मात्रै गोल चे एडम्सले गरेका थिए। 

उनले १६ औँ मिनेटमा गोरेको गोल नै साउथह्याम्पटनका लागि ३ अंक खोस्न प्रयाप्त बन्यो। 

जितसँगै साउथह्याम्पटन ४३ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ। 

यता घरेलु टोलीसँग हार बेहोरेको सिटी ६६ अंक जोडेर दोस्रो स्थानमा छ।
 

प्रकाशित मिति: : 2020-07-06 06:17:44

प्रतिकृया दिनुहोस्