आज थपिएका १८० संक्रमित कहाँ-कहाँका?

पछिल्लो २४ घन्टामा थप १ सय ८० जनामा कोरोना भाइरस पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८० जना संक्रमित थपिएका हुन्।

विगत २४ घण्टामा विभिन्न २५ प्रयोगशालाबाट ४ हजार ७ सय २१ जनाको पीसीआर परीक्षण गर्दा १ सय ८० जना संक्रमण पुष्टि भएकाे हाे।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार साेमबार काठमाडौं २४, भक्तपुरका १० र ललितपुरमा २० संक्रमित थपिएका छन्। 

झापाका ५, सिराहाका ३, सुनसरीका २, खोटाङका ३, सप्तरीका ८, नुवाकोटका १, सर्लाहीका ६, चितवनका १, नवलपरासीका ६, रौतहटका ६, काभ्रेका ४, ओखलढुङ्गामा ३ संक्रमित थपिएका छन्। 

यस्तै सिन्धुपाल्चोकका ३, बाराका १, चितवनका ३, दाङका २, धादिङका १, दोलखाका २, गोर्खाका ७, कास्कीका ८ र मकवानपुरमा ५ संक्रमित थपिएका छन्। 

संखुवासभाका १, सिन्धुलीका २, ताप्लेजुङका १, अर्घाखाँचीका १, उदयपुरका १, बागलुङका ६, लमजुङका ११, पाल्पाका ४, प्युठानका ४,जाजरकोटका १, डढेलधुराका ५, जुम्लाका १ र कैलालीमा ८ जना संक्रमित थपिएका हुन्।

त्यस्तै विगत २४ घण्टामा थप २ सय ६४ जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म कुल ६ हजार ८ सय ११ जना कोरोनामुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: : 2020-07-06 17:44:28

प्रतिकृया दिनुहोस्