सुनको मूल्य तोलाकै साढे ९१ हजार पुग्यो

बुधबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बुधबार बढेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार छापावाल सुन तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियाे। 

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६० रुपैयाँमा कारोबार भएको छ। 

यता चाँदीको मूल्य तोलामा ९५५ रुपैयाँमा कारोबार भएको छ। 

यसअघि मंगलबार चाँदी तोलामा ९५० रुपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित मिति: : 2020-07-08 11:40:59

प्रतिकृया दिनुहोस्