युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र सार्वजनिक गरिएकाे छ। शुक्रबार स्विटजरल्यान्डस्थित यूईएफएको मुख्यालयमा ड्र सार्वजनिक गरिएकाे हाे।
ड्र अनुसार रियल म्याड्रिड/म्यानचेस्टर सिटीविरुद्ध लियोन/युभेन्ट्स, आरबी लेइपजिगविरुद्ध एटलेटिको म्याड्रिड,नेपोली/बार्सिलोनाविरुद्ध चेल्सी/वायर्न म्युनिख तथा एटलान्टाविरुद्ध पेरिस सेन्ट जर्मेन (पीएसजी) रहेका छन्।
यसअघि नै ४ टोलीले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन्। एटलान्टाले भ्यालेन्सियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको थियो। इंग्लिस टोली टोटेनह्याम हट्सपर आरबी लाइप्जिगसँग पराजित हुँदा साविक विजेता लिभरपुल एटलेटिको मड्रिडसँग पराजित भएको थियो। पेरिस सेन्ट जर्मेनले बोरुसिया डर्टमुन्डलाई हराउँदै अगाडी बढेको थियो।
राउन्ड अफ १६ मा अझैपनि ४ खेल बाँकी रहेको छ। चेल्सीले पहिलो लेगमा वायर्नसँग ३-० ले हार बेहोरेको थियो। रियल मड्रिडले म्यानचेस्टर सिटीसँग २-१ ले हारको थियो। यता युभेन्ट्स पहिलो लेगमा र लियोनसँग १-० ले पराजित भएको थियाे। बार्सिलोना र नापोलीबीचको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो।
बार्सिलोना र नापोलीबीचको विजेताले चेल्सी र वायर्नसँगको विजेतासँग खेल्नेछ। यता मड्रिड र सिटीबीचको विजेताले युभेन्ट्स र लियोनबीचको विजेतासँग खेल्नेछ।
प्रतियोगिता अब एउटा सिंगो र सानो नकआउट प्रतिस्पर्धाका रूपमा अगस्टमा हुनेछ। क्वाटरफाइनल चरणदेखि सबै खेल पोर्चुगलको लिस्बनमा आयोजना हुनेछ।
राउन्ड अफ १६ का खेल भने सम्बन्धित क्लबहरुले एक आपसमा छलफल गरेर तय गर्नेछन्। सबै खेल एक लेगको हुने भएकाले खेल बराबरीमा भए अतिरिक्त समय र त्यसपछि टाइब्रेकरमा पुग्नेछ।