राेनाल्डाेले पेनाल्टीमार्फत दुई गाेल गर्दै युभेन्ट्सलाई हारबाट जाेगाए

इटालियन सिरी ए अन्तर्गत शनिबारको खेलमा एटलान्टासँग शीर्ष स्थानको युभेन्ट्स बराबरीमा राेकिएकाे छ।

युभेन्ट्सले घरेलु मैदानमा एटलान्टासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। 

युभेन्ट्सका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गरेका थिए। 

पाहुना टोली एटलान्टाले दुई पटक अग्रता बनाएकाे थियो। उसका लागि टुरिन क्लबबिरुद्ध डुवन जापाटा र रुस्लान मालिनोवस्कीले गोल गरका थिए।

तर खेलको ५५ औं मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले खेलको अन्तिम मिनेटमा समेत पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाएका थिए। 

बराबरीको नतिजासँगै युभेन्ट्सले सिरि ए फुटबलमा ८ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ।

जीतसँगै शीर्ष स्थानको युभेन्ट्सको ७६ अंक भएकाे छ। तेस्रो स्थानको एटलान्टाको ६७ अंक छ। एटलान्टा दोस्रो स्थानको लाजियो भन्दा मात्र एक अंकले पछि छ। 
 

प्रकाशित मिति: : 2020-07-12 06:12:58

प्रतिकृया दिनुहोस्