कोरोनाले बनाएको ‘हाइटेक नेपाली स्पोर्ट्स’

देखापढी

काठमाडौँ

सुजन श्रेष्ठ

 एशियाली फुटबल महासंघ (एएफसी) ले चार वर्षअघि एएफसी कप प्लेअफको सहभागिताका लागि क्लब दर्ता गर्न पटक पटक इमेल पठाएको थियो। तर, अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्यो इमेल नहेर्दा नेपाली लिग च्याम्पियन थ्री स्टार क्लबले एएफसी कपको प्लेअफ खेल्न पाएन।

एएफसीले २०१६ को सेप्टेम्बर २६, अक्टोबर ३०, नोभेम्बर २१ र नोभेम्बर २५ मा क्लबको सहभागिताबारे जानकारी गराउनका लागि पत्र पठाएको थियो। तर, एन्फा पदाधिकारीले इमेल चेक गर्न नजान्दा थ्री स्टार ठूलो अवसरबाट बञ्चित भयो। एन्फा नेतृत्वको चर्को आलोचना भयो। थ्री स्टारलाई क्षतिपूर्ति समेत तिर्नुपर्‍यो । एन्फाका तत्कालीन महासचिव धिरेन्द्र प्रधानले हाकाहाकी भने, “मलाई यो मेल चेक गर्न नै आउँदैन।”

फुटबलमात्र होइन समग्र नेपाली खेलकुद क्षेत्र नै प्रविधिको मामलामा धेरै पछाडी छ। खासगरी परम्परागत खेलकुदमा शिक्षित जनशक्तिको अत्यन्तै कमीका कारण पनि कम्प्युटर र इन्टरनेट भनेपछि खेलकर्मी आत्तिन्थे। फेसबुबाहेकको इन्टरनेट दुनियासँग अधिकांशको चासो हुँदैनथ्यो। तर,  कोभिड–१९ महामारीपछि त्यसमा व्यापक परिवर्तन आएको छ। एएफसीले पटक-पटक पठाएको इमेलको जवाफ फर्काउन नसक्ने एन्फा अहिले भर्चुअल बैठक गर्ने भइसकेको छ। 

प्रकाशित मिति: : 2020-07-18 09:47:39

प्रतिकृया दिनुहोस्