प्रत्येक वर्ष बाढीपहिरोमा परी सयौंले गुमाउँछन् ज्यान : सरकारले तथ्यांक राख्छ, गर्दैन पूर्वतयारी

 नेपालमा हरेक वर्ष बाढीपहिरोका कारण सरदर एक सय ५० भन्दा बढीले ज्यान गुमाउँछन्। २०६८ यता बाढीपहिरोमा परी १८ सयभन्दा बढीले ज्यान गुमाएका छन्।

तर, जोखिमयुक्त ठाउँको पहिचान गर्ने र बस्ती सार्ने विषयमा प्रभावकारी काम हुन नसक्दा प्रत्येक वर्ष वर्षायाममा बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। बाढीपहिरोका कारण २०६८ यता १८ सय जनाको मृत्यु भएको छ। सरकारले विपद् न्यूनीकरण प्राथमिकतामा राखेको छ। 

तर, पूर्वतयारीको अभावमा हरेक वर्ष ठूलो जनधनको क्षति हुँदै आएको छ। विगत ९ वर्षको तथ्यांक हेर्दा बाढीपहिरोमा परी १८ सय जनाले ज्यान गुमाएका छन्। यो वर्षको वैशाख यता आइतबार बेलुकासम्ममा बाढीपहिरोमा परी ११९ जनाले ज्यान गुमाएका छन् भने ४९ बेपत्ता र ९० जना घाइते भएका छन्। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार २०६८ यता बाढीमा परी  ७९६ जनाले ज्यान गुमाएका छन् ५०९ जना बेपत्ता भएका छन्। यस्तै, १६९ जना घाइते भएका छन्। सोही अवधीमा पहिरोका ९०४ जनाले ज्यान गुमाउँदा २३३ बेपत्ता र ७७० जना घाइते  भएका छन्।

०६८ यता बाढीका कारण ६४ हजार ४२२ र पहिरोका कारण ६ हजार ७९६ गरी ७१ हजार २१८ घरधुरी प्रभावित भएका छन्। 

प्रकाशित मिति: : 2020-07-20 15:37:19

प्रतिकृया दिनुहोस्