लिम्पियाधुरातर्फ पनि भारतीय सडक

भारतले महाकाली नदीपूर्व नेपाली भूभाग गुन्जी हुँदै लिम्पियाधुरातर्फ जाने सडक मनोमानी ढंगले बनाइरहेको छ।  कोरोना महामारीकै मौकामा भारतको सीमा सडक संगठन बोर्डर रोड अर्गनाइजेसन (बीआरओ)ले गुन्जी–जोलिंकन सडक निर्माणलाई तीव्रता दिएको हो। 

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग तवाघाटबाट लिपुलेक हुँदै मानसरोवर जाने सडक वैशाख २६ गते मात्रै उद्घाटन गरेका थिए।  त्यसपछि धार्मिकस्थल आदि कैलाश जानका लागि सडक बनाइरहेको भारतीय दैनिक पत्रिका अमर उजालाले हालै लेखेको छ। 

त्यो सडक नेपाली भूमि गुन्जी, नाभी, कुटी हुँदै जान्छ।  ३४ किलोमिटर ट्र्याक खोल्ने काम सकिएको समाचारमा उल्लेख छ।  ‘बीआरओले तवाघाट–लिपुलेक सडक लिंक गरेपछि गुन्जीबाट जोलिंकनसम्मको ट्र्याक खोल्ने (कटिङ)को काम पूरा गरेको छ’, अमर उजाला लेख्छ, ‘३४ किलोमिटर लामो सडकमा अब पुल बन्न बाँकी छ।  पुल बनेसँगै आदि कैलाश पहुँच सहज हुन्छ।  पहिला आदि कैलाश जान दुई दिन पैदल यात्रा गर्नुपथ्र्यो भने सडक निर्माण भएपछि गुन्जीबाट डेढ घण्टामा पुग्न सकिनेछ। ’

प्रकाशित मिति: : 2020-07-23 08:23:15

प्रतिकृया दिनुहोस्