भदौ १ गतेपछि अभ्यासमा फर्किदै नेपाली फुटबल टाेली

विश्वकप छनोटको तयारीमा रहेका नेपाली फुटबल टाेली भदौ १ गतेपछि अभ्यासमा फर्किने भएकाे छ।

सरकारले कोरोना महामारीको संक्रमणलाई रोक्न चैतबाट लगाएको लकडाउन बुधवारबाट खुलेपनि खेलकुदको अभ्यास सुरु गराउन भने भदाै १ पछि अनुमति दिएकाेले केही समय पर्खिनु परेकाे हाे। 

यता राष्ट्रिय टोलीका अधिकांश खेलाडी उपत्यकामा र केही खेलाडीमात्र उपत्यका बाहिर रहेको एन्फाले जनाएको छ।  

असार २ गते एन्फाको कार्यसमितिको आपतकालिन बैठकले सम्बन्धित निकायहरुसँग समन्वय गरेर लकडाउन चलिनै रहँदादेखि नै विश्वकप छनोटको तयारीका खेलाडीलाई सुरक्षित अभ्यासमा फर्काउन पहल गरिरहेको थियाे। साेही आधारमा खेलाडीहरुलाई पनि अभ्यासकाे लागि तयार रहन सुचना पठाइएकाे थियाे।

लकडाउन खुलेसँगै एन्फाले खेलाडी बोलाउने र अभ्यास सुरु गराउने याेजना बनाइसकेकाे छ। जसअनुरुप एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको होस्टलमा रहेको क्वारेन्टाइन हटाएर स्यानीटाइज गर्ने कार्य अगाडि बढाएकाे छ। 

‘१७ गते सबै खेलाडीलाई बोलाउँदै छौं। २८/२९ गतेतिर सबै खेलाडीको पीसीआरबाट काेराेना परीक्षण गर्ने छाै‌ं। त्यसपछि मात्रै १ गतेबाट हामी क्याम्प राख्छौं,’ एन्फा प्रवक्ता किरण राईले बिएल नेपाली सेवासँग भने।

आउँदो सेप्टेम्बर अक्टोबरमा अस्ट्रेलिया र चाइनिज ताइपेइसँग नेपालले विश्वकप छनोट अन्तर्गतको घरेलु खेल खेल्नेछ।

प्रकाशित मिति: : 2020-07-23 11:08:22

प्रतिकृया दिनुहोस्