काठमाडौंको सीतापाईलामा युवतीमाथी एसिड प्रहार 

काठमाडौंको सीतापाइलामा बिहीबार साँझ एक युवतीमथि एसिड प्रहार भएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञावलीका अनुसार बिहीबार साँझ सितापाईलामा ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको हो।

घरबाट दही किन्न भनेर युवतीमाथी एसिड प्रहार भएको ज्ञावलीले बताए। एसिड प्रहारबाट घाईते भएकी युवतीको कीर्तिपुरस्थित अस्पतालमा लगिएको ज्ञावलीले बीएल नेपाली सेवालाई जानकारी दिए।

एसिड प्रहार गर्नेको खोजी भईरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2020-07-23 21:35:00

प्रतिकृया दिनुहोस्