१४औं महाधिवेशनमा सभापतिकै उम्मेदवार हुँ : कृष्ण सिटौला [अन्तर्वार्ता]

गत निर्वाचनमा पार्टीमा तेश्रो धार निर्माण गरेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले महाधिवेशनकेन्द्रित हुने गरि केही दिनअघि सम्पर्क कार्यालय खोलेका छन्। वैचारिक समूहका रुपमा परिभाषित तेश्रो धारबाट पुनः सभापतिको प्रत्यासी हुने गरि उनले आफ्ना गतिविधि अघि बढाएका छन्। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच टकराव चुलिरहँदा सिटौला आफ्नै सम्पर्क कार्यालयमा व्यस्त छन्। सभापतिको भावी उम्मेदवारी,पार्टी विवाद  र आसन्न महाधिवेशनमा बन्ने समीकरणमा केन्द्रित रहेर नेता सिटौलाको सम्पर्क कार्यालयमा नेपाललाइभका लिलु डुम्रे र पुष्पा केसीले गरेको संवाद:

नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका सार्वजनिक भइसकेको छ। अर्कोतिर कोरोनाको महामारी पनि छ। महाधिवेशनले व्यस्तता बढेको होला है?
कोरोनाको त्रासदीले मानिसको व्यस्तता घटेको छ। पेशा, व्यवसायको क्रियाकलाप घटेको छ। मानिसहरु खुम्चिएका छन्। बजार,होटल,रेष्टुरेन्ट,यातायात प्रायः बन्द छन्। हिड्नेहरुलाई पनि त्रास छ। हरेक व्यक्तिसँग हरेक व्यक्ति सशंकित छ। परिवारभित्रै  पनि यस्ताे छ।

प्रकाशित मिति: : 2020-08-06 09:24:18

प्रतिकृया दिनुहोस्