नेपाली राजनीतिको नियति

सन्तोष परियार

लगभग ६५ वर्ष अघिदेखि चलेको निरन्तरताको राजनीतिक तथा सामाजिक आन्दोलनका कारण २०७२ असोज ३ गते नेपाली जनताको आफ्नो संविधान आफँैले बनाउने सपना साकार भयो। 

उन्नत लोकतन्त्रको आधारभूत मान्यता गणतन्त्र, संघीयता र धर्मनिरपेक्षसहित संविधान जारी भयो। तर, नेपाली राजनीतिको नियति भने अझै पनि उस्तै छ। संविधान आफैँमा सजीव वस्तु होइन। यसको सजीवतालाई हेर्ने भनेको संविधानले मुलभूत रुपमा परिकल्पना गरे जस्तो राज्यको चरित्र र प्रवृत्ति भयो कि भएन भनेर हो।

यस अर्थमा, के आजको नेपाली राजनीति लामो संघर्षबाट प्राप्त गरेको उपलब्धि अनुरुप नै रूपान्तरण भएको छ त? के हामीले स्थापित गरेको गणतन्त्र सामन्तवादी व्यवस्थाले लादेको राजसंस्था जस्तो छैन? अनि, के हाम्रो संविधानमा लेखेको धर्मनिरपेक्ष वास्तविक धर्मनिरपेक्षताको अवधारणाभन्दा कोसौं टाढा छैन ?

प्रकाशित मिति: : 2020-08-07 15:25:05

प्रतिकृया दिनुहोस्