बलात्कृत किशोरीसँग बयान लिन्छन् युट्युबर!

थाहा खबर

काठमाडौं

राजु पौडेल
प्रेमीकै अगाडि प्रेमिकालाई ४ युवकले गरे यस्तोसम्म... दाङमा हेर्नुहोस् फेरि यस्तो भयो।' माइक्रोलिंक मिडिया प्रालि नामको एक युट्युब च्यानलले केही दिनअघि दाङमा भएको बलात्कारको घटनामा पीडित किशोरीको अन्तर्वार्ता लिएर राखिएको शीर्षक हो यो।

शीर्षक नै यति जिज्ञासा उत्पन्‍न गराउने आशयले राखिएको छ कि यसमा आँखा लाउनेले क्लिक गर्छ नै। प्रहरीले अनुसन्धान गरिरहेको विषयमा प्रस्तोता भोजराज थापा नामका ती युट्युबरले बलात्कृत भएकी भनिएकी युवतीको अन्तर्वार्तामा सोधेका प्रश्‍नका आशय यस्ता छन्, 'बलात्कार कहाँ गरे? लिंगले कहाँ छोए?'

थापाले सोधेका प्रश्‍नहरू सुन्दा नै मुख छोप्नुपर्ने त छँदैछ। त्यसमाथि ती किशोरीले ओकलेका शब्द र उनले भोगेको घटनाको चित्कार आम नागरिकले सुन्‍न सक्ने सामर्थ्य राख्दैन।
 

प्रकाशित मिति: : 2020-08-07 18:09:46

प्रतिकृया दिनुहोस्