पाकिस्तानमा क्रिकेट खेल भइरहेको बेला आतंकवादी हमला

एजेन्सी

इस्लामाबाद
फाइल तस्वीर: सन् २००९ मा भएकाे आतंकवादी हमला

पाकिस्तानको खैबर पखतुनख्वा प्रान्तको ओराक्जई जिल्लामा बिहीबार स्थानीय एक क्रिकेट प्रतियोगिताको फाइनलमा आतंकवादीले अन्धाधुन्ध गोली प्रहार गर्दा खेल नै स्थगित भएको छ। 

पाकिस्तानको ‘द न्युज’ पत्रिकाले स्थानीय एक प्रत्यक्षदर्शीको भनाई उध्रृत गर्दै यो घटनामा कसैको ज्यान नगएको बताएका छन्। उनका अनुसार खेल हेर्न स्थानीय, राजनीतिक दलका कार्यकर्ता तथा मिडिया उपस्थित भएको थियो। तर, खेल सुरु भएलगत्तै नजिकैको पहाडी क्षेत्रबाट आतंकवादीे मैदानमा गोली हान्न सुरु गरे। खेलाडी, दर्शक र पत्रकार घटनास्थलबाट भागेको र खेललाई स्थगित गर्नुपरेको उनले बताए। 

खेल ओरक्जई स्काउट्स र फ्रन्टियर कोरबीच हुँदैथियो। पाकिस्तानमा सन् २००९ मा श्रीलंकाली टिममाथि पनि लाहौरमा आतंकवादी हमला भएको थियो। जसमा कडा सुरक्षाका कारण सबै खेलाडी सकुसल रहेका थिए। यो घटनापछि पाकिस्तानले एक दसक युएईमा घरेलु शृंखला खेल्न बाध्य हुनुपर्‍याे।

प्रकाशित मिति: : 2020-08-08 15:26:42

प्रतिकृया दिनुहोस्