बन्द प्रशिक्षणमा रहने फुटबल खेलाडीको कोरोना परीक्षण भोलि

राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बस्ने फुटबल खेलाडीको कोरोना भाइरस संक्रमण परीक्षण सोमबार हुने भएको छ।

विश्वकप छनोट खेलका लागि गरिने बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीको अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोना परीक्षण गर्न लागेको हो।

बन्द प्रशिक्षणमा बस्ने खेलाडी, प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारीको कोरोना परीक्षण गरिने एन्फाले जनाएको छ।

बन्द प्रशिक्षणमा रहने ३४ मध्ये ३३ खेलाडी अहिले उपत्यकामा क्वारेन्टाइनमा छन्। 

खेलाडीको कोरोना परीक्षण गर्न दुई दिन लाग्ने पनि एन्फाले जनाएको छ। परीक्षणको नतिजा आएपछि एन्फाले खेलाडीलाई होस्टलमा राख्नेछ। 

एन्फाले बिहीबार एन्फाले एन्फा होस्टल, एन्फा कार्यालय लगायत स्थानलाई डिसइन्फेक्सन गरेको थियो।

कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण चैतदेखि राष्ट्रिय टिमको प्रशिक्षण स्थगित भएको थियो। नेपाल सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय प्रशिक्षण सुरु गर्न सकिने निर्णय गरेपछि एन्फाले फुटबल खेलाडीको प्रशिक्षणका लागि विभिन्न चरणमा तयारी गरिरहेको छ।

फिफा र डब्ल्युएचओका साथै नेपाल सरकारको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिकाअनुसार नै एन्फाले खेलाडीको प्रशिक्षण गर्ने जनाएको 

विश्वकप छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले ३ खेल खेल्न बाँकी छ।

अक्टोबर-नोभेम्बरमा प्रस्ताव गरिएको उक्त खेलहरु नेपालले घरेलु मैदान दशरथ रंगशालमा खेल्ने तालिका छ। नेपालले चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसंग घरेलु मैदानमा खेल्न बाँकी छ।

प्रकाशित मिति: : 2020-08-09 17:46:59

प्रतिकृया दिनुहोस्