६ महिनापछि सेरेना विलियम्स कोर्टमा फर्किइन्

एजेन्सी

न्युयोर्क

विश्व टेनिसकी हस्ती सेरेना विलियम्स ६ महिनापछि टेनिस कोर्टमा देखा परेकी छिन्। 

कोरोना भाइरसको महामारीका कारण विगत ६ महिनादेखि घरमा थन्किएकी सेरेनाले केन्टकीमा आयोजना भएको डब्ल्यूटिए टेनिस प्रतियोगिताको पहिलो चरणमा आफ्नै देशकी बर्नाडा पेरालाई ४–६, ६–४ र ६–१ ले पराजित गरिन।

 दोस्रो चरणमा उनी आफ्नै दिदी भेनस विलियम्ससँग भिड्ने छिन्। ७ पल्ट ग्रान्ड स्लाम जितेकी भेनसले पहिलो चरणमा भिक्टोरिया अजारेन्कालाई ६–३ र ६–२ को सेटमा हराएकी थिइन्। 

सेरेनाले पछिल्लो खेल गत फेब्रुअरीमा फेड कप खेलेकी थिइन्। 

यतिबेला उनलाई लात्वियाकी अनस्तासिजा सेवेस्तोभाले हराएकी थिइन्। सेरेनाले ६ महिनापछि कोर्टमा फर्किदा आफूलाई पुरानो लय भेटाउन गाह्रो परेको बताइन्।

 उनले जितका लागि तीन सेट खर्चिनु परेको थियो।

प्रकाशित मिति: : 2020-08-13 08:14:02

प्रतिकृया दिनुहोस्