कोरोना परीक्षणका लागि स्वाब दिएपछि के गर्ने ? (भिडिओसहित)

देखापढी

काठमाडौँ

विनय कुमार

स्वास्थ्य संस्थामा कार्यरत काभ्रे पलाञ्चोककी एक युवतीले कोरोनाभाइरस संक्रमणको आशंकामा पीसीआर परीक्षणका लागि स्वाब दिएकी थिइन। नतिजा आउन तीन दिन लाग्यो। स्वाब दिएपछि नतिजा नआएसम्म उनी नियमित जीवनशैलीमै थिइन्। अर्थात, घर–परिवार तथा छिमेकीसँगको भेटघाट रोकिएको थिएन। बिरामीकै भिड लाग्ने स्वास्थ्य संस्थाको जागिरमा कार्यशैली पुरानै थियो।

नतिजा आउने दिनसम्ममा ती युवतीले कति जनालाई भेटिन्, उनैलाई थाहा थिएन। मंगलबार उनको पीसीआर रिपोर्ट आयो। स्वास्थ्य संस्थामा कार्यरत उनलाई संक्रमण पुष्टि भयो। त्यसपछि खैलाबैला मच्चियो, ‘कति जनालाई भाइरस सार्न उनी क्यारियर बनिन होला’ भनेर।

कन्टयाक ट्रेसिङको काम भइरहेको बताइएको छ। उनीसँग सम्पर्कमा आएका सबैको पीसीआर परीक्षण गराउने स्थानीय निकायहरूले बताएका छन्।

तपाईं पनि स्वाब दिएर स्वतन्त्र रूपले हिँड्डुल गरिरहनुभएको त छैन ? बाहिरका मानिस वा परिवारका सदस्यहरूसँग घुलमिल भइरहनुभएको छ ? त्यसो हो भने तपाईंबाट अरू मानिसमा कोरोना सर्ने जोखिम हुन सक्छ। 

प्रकाशित मिति: : 2020-08-27 07:45:22

प्रतिकृया दिनुहोस्