बेरुतमा भएको शक्तिशाली बिस्फोटपछि रिक्त रहेकाे प्रधानमन्त्री पद मुस्ताफा अदिबले सम्हाल्ने भएका छन्। उनलाई पूर्वप्रधानमन्त्री पूर्व प्रधानमन्त्री नाजिव मिकातीले चुनेका हुन्।
४८ वर्षीय अदिब जर्मनीका लागि पूर्व राजदूत हुन् भने उनको पूर्वप्रधानमन्त्री मिकातीसँग राम्रो सम्बन्ध रहेको थियाे।
चार पूर्वप्रधानमन्त्रीहरूको समूहले लेबनानको संसदमा सुन्नी मुस्लिम सांसदहरूको प्रतिनिधित्व गर्दछ, जसमा पूर्वप्रधानमन्त्री साद हरीरी पनि समावेश छन्। प्रधानमन्त्रीको सफलताका लागि उनीहरूको समर्थनलाई आवश्यकताको रूपमा लिइन्छ।
पूर्वप्रधानमन्त्री हसन डिएबसँग थोरै लोकप्रिय समर्थन बाहेक संसदका २७ सुन्नी सांसदहरूको मात्र समर्थन थियो।
तर, गत महिना बेरूतमा विस्फोट हुँदा कम्तिमा १९० जनाको मृत्यु भएपछि हसन डिएब राजीनामा गरेका थिए।
यता व्यापक आर्थिक विरोधको कारण प्रधानमन्त्रीको रूपमा हरीरीले गत वर्ष नै राजीनामा दिएका थिए।