लेबनानको राजधानी बेरुतमा ठूलो विस्फोट : दर्जनौं भवन ध्वस्त

लेबनानको राजधानी बेरुतमा मंगलबार साँझ ठूलो विस्फोट भएको छ। बेरुतको बन्दरगाह नजिक भएको विस्फोटबाट धेरै भवनहरु ध्वस्त भएको र ठूलो संख्यामा मानवीय क्षति भएको अनुमान गरिएको छ ।

सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि  विस्फोटन भएको हो।

स्थानीय सञ्चारमाध्यमहरुले पोस्ट गरेको भिडियोमा विस्फोटपछिको ठूलो आवाज र धुँवाको मुस्लो देखिएको छ । भिडियोमा भवनहरु केही बेरमा ध्वस्त भएको देखिएको छ ।

राष्ट्रसङ्घीय न्यायाधीकरणले हरिरिको कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो।

ती चारै व्यक्ति इरान समर्थित हेज्बोल्लाह समूहका सदस्य थिए। सो समूहले उक्त हत्यामा आफू जिम्मेवार नभएको बताउँदै आएको छ।

विस्फोटस्थलबाट १० किलोमिटर टाढा रहेका स्थानीय नागरिकले विस्फोटपछि ठूलो भूकम्पको धक्काझैं महसुस गरेको बताएका छन् । अहिलेसम्म के र कसरी विस्फोट भएको हो भन्ने केही नखुलेको लेबनानी अधिकारीहरुले बताएका छन्।

यसैबिच दोस्रो ठूलो विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। लेबननका स्वास्थ्यमन्त्रीले कैयन् हताहती र धेरै क्षति भएको बताएका छन्।

Lebanon #Beruit just few minutes back..Huge explosion.. pic.twitter.com/MvVqTNZ6Dk

— KK (@KKJKWARRIOR) August 4, 2020
प्रकाशित मिति: : 2020-08-04 22:50:53

प्रतिकृया दिनुहोस्