स्वारेज युभेन्ट्स जाने

बार्सिलोनाका स्टार खेलाडी लुइस स्वारेज इटालियन क्लब युभेन्ट्स जाने भएका छन् । 

स्वारेज युभेन्ट्समा अनुबन्धित हुन सहमत भएको बिबिसीले उल्लेख गरेको छ।

स्वारेजको बार्सिलोनासँगको हालको सम्झौता अझै एक वर्ष बाँकी छ । सन् २०१६ मा भएको सम्झौता अनुसार आउँदो सिजन ६० प्रतिशत खेलमा सहभागिता जनाएमा अर्को एक वर्ष थप हुनेछ ।

बार्सिलोनाबाट बाहिरिनका लागि सो क्लबलाई मनाउन सफल भएमा स्वारेज फ्रि ट्रान्सफरमा वा न्यून मूल्यमा युभेन्ट्स जाने दाबी गरिएको छ।

इटालियन पत्रिकाहरुका अनुसार स्वारेजले इटालीमा खेल्नका लागि नागरिकता सम्बन्धी परीक्षण पनि पास गर्नु पर्ने जनाएका छन् । दक्षिण अमेरिकी स्वारेजकी श्रीमती इटालियन हुन् ।

प्रकाशित मिति: : 2020-09-05 08:36:12

प्रतिकृया दिनुहोस्