पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो राष्ट्रिय टिमबाट १०० औँ गोल गर्ने लक्ष्य नजिक छन्।
उनले गएको नोभेम्बरमा ९९ औँ गोल गरेका थिए। शनिबार उनले १०० औँ गोल गरेको हेर्ने चाहना थियो दर्शकको।
तर, ३५ वर्षीय कप्तान रोनाल्डो युरोपियन नेशन्स लिग अन्तर्गत शनिबार राति भएको क्रोएसियासँग खेल्न सकेनन्। जुन खेलमा पोर्चुगलले क्रोएसियामाथि ४–१ गोल अन्तरले हरायो।
सबैको मनमा लागेको छ उनी किन खेलेनन्? उनी खेलमा सहभागि भएका थिए तर, क्रोएसियासँगको खेल गोडामा आएको समस्याका कारण उनी खेल्न भने सकेनन्।
कसरी गोडामा चोट आयो त? यो अहिले सबैको खुलदुलीको बिषय बनेको छ। यसको कारण अपत्यारिलो छ।
फुटबल इटालियामा जनाइएअनुसार रोनाल्डो टिममा समावेश भएर पनि खेल्न नपाउनुको कारण हो माहुरी। उनको दायाँ गोडाको बुढी औँलामा माहुरीले टोकेको थियो ।
Nunca se esqueçam da máscara ???? pic.twitter.com/hNPmHOwUyY
— B24 (@B24PT) September 5, 2020
प्रशिक्षण गरिरहेका रोनाल्डोलाई बुधबार माहुरीले औँलामा टोकेको हो । माहुरीले टोकेको स्थानमा ‘इन्फेक्सन’ भएपछि उनी खेल्न नसकेका हुन्। उनको औँलामा सामान्यभन्दा बढी सुन्निएको छ।
‘इन्फेक्सन’ भएकाले निको हुन कति समय लाग्छ भन्ने यकिन नरहेको प्रशिक्षक फेर्नान्डो सान्तोसले बताएका छन् ।
‘उनी आउँदो मंगलबार हुने स्वीडेनसँगको खेलमा पनि खेल्न सक्ने सम्भावना कम छ,’ प्रशिक्षक सान्तोस भन्छन्, ‘उनलाई समान्य अवस्थामा फर्किन केही समय लाग्ने छ।’
गोडामा ‘इन्फेक्सन’ भएको भएपनि रोनाल्डो टिमको हौसला बढाउनका लागि रंगशालमा भने पुगेका थिए।
मास्क फुकालेर रंगशालमा बसेका रोनाल्डोलाई खेल पदाधिकारीले आएर मास्क लगाउन आग्रह गरेका थिए।
एक महिलाले उक्त आग्रह गरेपछि कुर्चि छेउमै राखिएको सर्जिकल मास्क लगाएका थिए। उनले पुरै खेल प्याराफिटबाट हेरेरै चित्त बुझाए।
जुन, खेलमा साविक विजेता पोर्चुगलले एकपक्षीय प्रदर्शन गर्दै विश्वकपको उपविजेता क्रोएसियालाई ४–१ गोल अन्तरले पराजित गरेको थियो।
जसमा पोर्चुगलका लागि जोआओ क्यान्सेलोले दुई तथा डीओगो जोटाले र आन्द्रे सिल्भाले एक एक गोल गरेका थिए।
यता, थप गरिरएको अन्तिम मिनेटमा पेट्कोभिकले सानतोना गोल गरेपनि प्रयाप्त बनेन।
क्रोएसियाका लुका मोड्रीच र इभान राकीटिच पनि खेलमा उपलब्ध थिएनन्।