नेपालीको आत्मीय व्यवहारले मुटु छोएको छः पूर्व राजदूत स्कट एच डेलिसी (भिडियो)

नेपाल छोडेको ८ वर्ष बित्दा पनि नेपालीलाई बिर्सन नसकेका अमेरिकी राजदूत डेलिसी

अमेरिका र नेपाल भौगोलिक रूपमा विपरित ध्रुवमा भए पनि यी देशबीचको सहकार्य नङ र मासुजस्तै नजिकको छ।

विकसित देशले राज्यका तर्फबाट अधिंकाशतः  सहयोगीको भूमिका निर्वाह गरेका हुन्छन् नै। व्यक्तिगत र समाजिक संस्थामार्फतसमेत विकासशील मुलुकका जनताको हितमा काम गर्ने गरेको पाइन्छ। विशेषतः अमेरिकाले नेपालको आर्थिक सम्बृद्धि, सहज स्वास्थ्य सेवा, प्रजातन्त्र सुदृढिकरण एवं शैक्षिक गुणस्तर वृद्धिका लागि सहयोग दिँदै आएको छ।

नेपालमा शसस्त्र द्वन्द्वका बेलामा नेपालका लागि अमेरिकी राजदूतको भूमिका निर्वाह गरेका स्कट एच डेलिसीले अमेरिका आएपछि पनि नेपालीका लागि स्वास्थ्य, शिक्षा, र कोभिड–१९ का बेला खटिएका थाहा पायौं। उनले ‘नेपाल किन’ शीर्षकमा ‘नेपालको ‘गोप्य अस्त्र’ भनेको नेपालको प्राकृतिक सुन्दरताले हाम्रा आँखालाई अनुग्रहित पार्छन्। संस्कृतिक सम्बृद्धिले हाम्रो मस्तिष्कलाई इन्गेज राख्छ। र नेपालीले हाम्रो मुटुलाई छोएका छन्,’ उल्लेख गरेका छन्।

उनले आफ्नो ३५ वर्षे कुटनीतिक सेवाकालमा नेपालीजस्ता सहनशील, दयालु, नम्र, धैर्यता भएका मानिस नभेटेको र नेपालीले मुटु छुने गरी फेरि आउनुस् भनेका शब्द मुटुमै गढिरहेका छन् भनी उल्लेख गरे।

यसै सन्दर्भमा नेपालीलाई मुटुमा राखेर काम गर्दै आएका पूर्व राजदूतसँग नेपालमा गएको महाभूकम्पपछि आज कोभिङ–१९ को संकटका बेला कसरी नेपालीलाई किन र कसरी सहयोग पुर्‍याउन लागिपरेका छन्? नेपालीका लागि अहोरात्र खट्नु के कुराले उत्साहित बनाएको छ? विषयमा गरिएको अन्तर्वार्ता जस्ताको त्यस्तै राखेका छौं।

हेर्नुहोस् अन्तर्वार्ता

हाम्रो आह्वान

भोको पेटलाई शान्त पार्न, सामान्य स्वास्थ्य सेवा दिन, अनि, टाउको ओत्ने छानो नभएका नेपालीलाई सहयोग गर्न हामी नेपाली नै कति सहयोगी बन्न सकेका छौ भन्ने प्रश्नको उत्तर उत्साहप्रद देखिदैन।

यस्तो महौलामा गैर मुनाफासंस्था मार्फत् दिनरात खटिरहेका पूर्व अमेरिकी राजदूत डेलिसीको जाँगरले हामी जस्ता धेरै नेपालीलाई प्रोत्साहन गरेको हुनुपर्छ। र नेपालीका लागि जहाँबाट जसले जसरी सकिन्छ सहयोग गर्नुपर्छ भन्ने अभियानमा लागेको छौं।

विष्णु शर्मा

प्रकाशित मिति: : 2020-09-06 22:19:00

प्रतिकृया दिनुहोस्