इंग्लिस प्रिमियर लिगबाट घटुवा भएको वाट्फोर्डले च्याम्पियनसिप फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।
शुक्रबार राति भएको पहिलो खेलमा वाट्फोर्डले मिडल्सबर्गलाई १–० ले पराजित गरेको हो ।
वाट्फोर्डको जितमा ११ औँ मिनेटमा सेमाको सहयोगमा डिफेन्डर क्रेग क्याथकार्टले गरेको गोल नै निर्णायक बन्यो ।