गण्डकी प्रदेशमा १६ सैनिकसहित थप ३२ जनामा काेराेना संक्रमण

 गण्डकी प्रदेशमा १६ नेपाल आर्मीमा कार्यरत सैनिकसहित थप ३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी  प्रदेशमा थप भएका नयाँ ३२ जना संक्रमित थपिएका हुन्। 

जसमा स्याङ्जाका ४, कास्कीका २, लमजुङका १७, तनहुँका १ र नवलपरासी पूर्वका ८ जना रहेका छन्। 

कास्की जिल्ला, पोखरा महानगरपालिका १६ का २० बर्षीय महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत कर्मचारी हुन। 

यस्तै स्याङ्जा जिल्ला, पुतलीबजार ३ का ७६ बर्षीय पुरुष र कास्की जिल्ला पोखरा महानगरपालिका-९ का ७० बर्षीय पुरुष पोखरा महानगरपालिकास्थित मणिपाल अस्पतालमा उपचाररत छन्।

लमजुङ जिल्ला, सुन्दरबजार ९ का १६ जना पुरुषहरु नेपाल आर्मीमा कार्यरत छन्। उनीहरु सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको  छ |

प्रकाशित मिति: : 2020-09-13 08:38:38

प्रतिकृया दिनुहोस्