इराकका पूर्व स्टार डिफेन्डर नधिमको कोरोना संक्रमणका कारण निधन

इराकका चर्चित पूर्व फुटबल खेलाडी नधिम साकेर सलिमको कोरोना संक्रमणका कारण निधन भएको छ। सन् १९७०–८० को दशकमा निकै चर्चा कमाएका नदिम६३ वर्षका थिए। उनी आफ्नो जमानाका उत्कृष्ट डिफेन्डर थिए। 

उनले इराको राष्ट्रिय टोलीलाई प्रशिक्षण पनि दिइसकका छन्। शुक्रबार इरबिल सहरको एक स्थानीय अस्पतालमा उनको निधन भएको थियो। उनको निधनप्रति राष्ट्रपति बरहम सालिहले दुःख प्रकट गरेका छन्। 

इराकमा हालसम्म २ लाख ८६ हजार ७ सय ७८ संक्रमित फेला परेका छन्। जहाँ ७ हजार ९ सय ४१ जनाको निधन भइसकेको छ। नधिमले मेक्सिकोमा भएको सन् १९८६ को विश्व कपमा इराकी टिमबाट प्रतिनिधित्व गरेका थिए। 

उनले त्यति बेला पाराग्वे, बेल्जियम र मेक्सिकोविरूद्ध खेलेका थिए। 
उनी सन् १९७८ देखि १९८६ सम्म राष्ट्रिय टोलीको सदस्य थिए। उनले सन् २००९ मा इराकको राष्ट्रिय टोलीलाई प्रशिक्षण दिएका थिए।
 

प्रकाशित मिति: : 2020-09-13 13:18:29

प्रतिकृया दिनुहोस्