कलाकारको ६ महिने लकडाउन: कोही पैसा कमाउनमा व्यस्त, कोही सामाजिक कार्यमा

देखापढी

काठमाडौँ

कृष्णसिंह धामी

नेपालमा कोरोना महामारीको कहर ६ महिनादेखि जारी छ।

शुरूआती तीन महिना त सबैजना लकडाउनका कारण घरमै सीमित बने। यसबीचमा अधिकांश मानिसहरू कामविहीन बने।

अहिले भने विस्तारै-विस्तारै अवस्था सहज हुँदै गएको छ।

कोरोना महामारीको त्रासका बीच पनि मानिसहरू विस्तारै काममा फर्किन थालेका हुन्।

कलाकारहरूले समेत केही समय लकडाउनको पालना गर्दै घरमै सीमित बने।

चलचित्रकर्मी तथा गायक गायिकाले समेत महामारीका बेला भने आफूलाई व्यस्त नै राखेको पाइन्छ।

गायकगायिकादेखि मोडलहरू भने निकै व्यस्त देखिए। त्यस्तै चलचित्रकर्मी पनि चलचित्रको आन्तरिक कामदेखि अन्य प्रोजेक्टको काममा व्यस्त भए।

पछिल्लो समयका चर्चित नायक तथा मोडल पल शाहले लकडाउनको समयमा एक दर्जन बढी म्युजिक भिडिओमा काम गरे। चलचित्रको काम नभए पनि उनलाई भने म्युजिक भिडिओमा भ्याईनभ्याई भयो।

प्रकाशित मिति: : 2020-09-14 12:16:31

प्रतिकृया दिनुहोस्