रवितादेवीको बिलौना : दुई सन्तानलाई कसरी हुर्काउने ?

अनलाइनखबर

वीरगञ्ज

सुरेश बिडारी

श्रीमान छैनन्, हातमा सिप पनि छैन, दुई वटा सन्तानलाई कसरी हुर्काउने ? वीरगञ्ज–३१ बेल्वाकी रविता देवीको बिलौना मिश्रित प्रश्न हो यो । गत भदौ २६ गते उनले जीवनमा कल्पनै नगरेको घटना व्यहोर्नु पर्‍यो । गरिबीका कारण श्रीमान सतन माझीले विष सेवन गरेर आत्महत्या गरेपछि रविता देवीको जीवनमा ठूलो बज्रपात आइपर्‍यो ।

ज्याला मजदुरी गरेर जीवन गुजारा गर्ने परिवार । अघिल्लो दिन श्रीमान दाउरा बेच्न गएका थिए । घरमा दाल-चामल सकिएको थियो । श्रीमानले पैसा ल्याएका होलान् भनेर मागिन् । तर उनले रक्सी पिएर आएका रहेछन् । उल्टै गाली गरेर जंगलतिर हिँडे । उनले उतै विष सेवन गरेछन् । थाहा पाएपछि जसोतसो अस्पताल त पुर्‍याइयो । तर ढिला भइसकेको रहेछ । बचाउन सकिएन । शव उठाउनेसमेत पैसा थिएन । दाताहरुको सहयोगमा शव गाउँ ल्याइयो र दाहसंस्कार भयो ।

प्रकाशित मिति: : 2020-09-16 07:56:58

प्रतिकृया दिनुहोस्