संगीतालाई कसले मार्‍यो : बलात्कारी कि गाउँका अगुवाले ?

१ असोज, सप्तरी । १३ बर्ष पहिले रोजगारीका लागि पञ्जाब गएका श्रीमान फर्किएन् । उनले एक छोरा र दुई छोरी एक्लै हुर्काइन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुरकी रधियादेवी मण्डलले छोरा श्याम, छोरीहरु संगीता र सवितालाई बाबुको अभाव हुन दिइनन् 

घरमा गर्जो टार्न गाह्रो भएपछि दुई वर्ष पहिले रधियादेवीका २२ वर्षीय छोरा श्याम मलेसिया गए । दुई छोरी सविता र संगीता आमाकै साथमा थिए ।

५५ हिउँद छिचोलिकी आमाको मुहारमा थकान देखिदा जेठी छोरी ‘तपाईं चिन्ता नगर्नुस्, हामी छौं माँ, सबै ठीक हुन्छ’ भन्थिन् ।

घरभित्र मात्रै होइन बाहिरका काममा पनि पछि पर्थिनन्, संगीता । महिलामात्रै भएको परिवारमा घर बाहिरको प्रायः सबै काम उनकै भागमा पर्थ्यो ।

सँधै जस्तै २९ भदौमा पनि संगीता बटिया लिएर पानी लगाउन खेतमा पुगिन् । तर त्यसदिन खेतबाट फर्किँदा उनको हातमा चुरा थिएन । चुरा मात्रै होइन खेत जानुअघि जे थिइन्, त्यो संगीता थिइनन् ।

अनुहारमा त्रास थियो । सधैं हाँसी खुसी गर्ने छोरीको अनुहारको रंग उडेको देखेपछि रधियादेवीले सोधीखोजी गरिन् । संगीता एक्कासी रुन थालिन् र आफूमाथि भएको घटना सुनाइन् ।

प्रकाशित मिति: : 2020-09-17 17:04:51

प्रतिकृया दिनुहोस्