‘यसपटकको दशैँ दशा बन्‍नसक्छ’ : विज्ञ, ‘नखोलौं विरोध, खोले पनि विरोध’ : सरकार

थाहा खबर

काठमाडौं

अतिन आचार्य
सरकारले कोरोना संक्रमण दर बढेपनि देशभर लामो, मध्यम दूरीका सार्वजनिक यातायात, होटल र व्यापारिक मलहरू सञ्चालन गर्न अनुमति दिइसकेको छ। अर्थतन्त्र र नागरिकको जीवनयापन सहज बनाउन भन्दै यातायातका साधन तथा अत्यावश्यक सेवा क्षेत्र खुलाइएको अधिकारीहरूले बताउँदै आएका छन्। विभिन्न क्षेत्र खुलाउँदै गर्दा शुक्रबार मात्र नेपालमा दुई हजार २० संक्रमित थपिएका छन्‌। 

यतिखेर लकडाउन र निषेधाज्ञा खोलिएको छ। सर्वसाधारणहरू सार्वजनिक यातायातमै यात्रा गरिरहेका छन्। गाउँमा भित्रिने र बाहिरिने क्रम बढेसँगै संक्रमण अझ बढी फैलिने जोखिम रहेको छ।
 

प्रकाशित मिति: : 2020-09-19 07:58:49

प्रतिकृया दिनुहोस्