सिजनको पहिलो खेलमै इब्राहिमोविचकाे दुई गोल

इटालियन सिरी ए फुटबलमा एसी मिलानले विजयी सुरुवात गरेको छ। 

सोमबार राति भएको आफ्नो पहिलो खेलमा एसी मिलानले बोलोग्नामाथि २–० को जित दर्ता गरेको हो।

मिलानको जितमा दुवै गोल ३८ वर्षीय जाल्टन इब्राहिमोविचले गरेका हुन्।

उनले ३५औँ मिनेटमा थिओ हर्नान्डेजको सहयोगमा गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए। 

५१औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै उनले २–० को जित निश्चित गरेका हुन्।

प्रकाशित मिति: : 2020-09-22 06:23:23

प्रतिकृया दिनुहोस्