महामारीकै बेला कसरी हराए सात सय ७२ बालबालिका ?

थाहा खबर

काठमाडौँ

अतिन आचार्य
कोरोना भाइरस फैलिएपछि नेपालमा चैत ११ गतेदेखि लगाइएको लकडाउन साउन ६ गते मध्यरातमा सकिएको थियो। यो तीन महिना २५ दिनको अवधिमा सबै मानिसहरू कोभिड-१९ बाट सुरक्षित रहन घरमै थुनिएका थिए। तर, यो समयमा पनि बालबालिका हराउने क्रम जारी रह्यो।

कोरोना महाव्याधिमा पनि बालबालिका हराउने क्रम नघटेको हो। यस अवधिमा देशभरबाट कति बालबालिका हराए र किन हराउँछन्? सबै मानिसहरू सुरक्षित रहन घरमा बसिरहँदा ती बालबालिका कसरी हराए? यसबारे थाहाखबरले केही तथ्यांक संकलन गरेर बुझ्ने प्रयास गरेको छ।

६ महिनामा ७ सय ५२ बालबालिका हराएका छन्। ५८८ बालिकासहित १ सय १६ बालक हराएका हुन्। हराएकामध्ये २६७ बालक र २१० बालिका परिवार तथा आफन्तलाई जिम्मा लगाएको राष्ट्रिय बालअधिकार परिषद्ले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-09-24 10:33:21

प्रतिकृया दिनुहोस्