ब्राण्ड बन्दै संकटमा थालेको पौरखी प्रयास (भिडिओसहित)

देखापढी

काठमाडौं

रोजिना थापा

कोरोना भाइरसको महामारी र त्यसकारण सिर्जित त्रास र लकडाउनले पूरा विश्वलाई ठप्प बनायो, कम्प्युटरमा पज बटम थिचेजस्तै गरी। 

मानिसहरूका दैनिक भौतिक गतिविधिमात्र होइन मानसिक रूपमा पनि जीवन पज मोडमा पुग्यो। महामारीबाट आफू, परिवार, समाज र पूरा मानव जातिलाई जोगाउनुपर्ने जिम्मेवारी कोरोना भाइरसले प्रत्येक व्यक्तिलाई बोकाएको थियो। साथमा जीवन चलाउन अत्यावश्यक उत्पादकत्व पनि कायम राख्नुपर्ने थियो। 

अधिकांशको तनमन सबै पज मोडमा पुगिसकेका बेला उत्पादकत्व र सिर्जनसिलताको अपेक्षा कसरी गर्नु ?

आम सर्वसाधारणले आफैसँग गरेको यो प्रश्न सबैका हकमा भने लागू भएन। कठिन परिस्थितिमै त हो, नवीनतम सोच, सिर्जनात्मक काम र पौरख गर्ने आँटले मानिसलाई सफलताको शिखर चढाउने। 

प्रकाशित मिति: : 2020-09-25 09:36:27

प्रतिकृया दिनुहोस्