क्याटलान कल्ब बार्सिलोनाका स्टार स्टाइकर लिओनल मेसीले पुनः आफ्नो असन्तुष्टि पोखेका छन्।
यसपटक उनले स्ट्राइकर लुइस सुआरेजको बहिर्गमनलाई लिएर कल्बप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
सुआरेज बार्सिलोनाका तेस्रो सर्वाधिक गोलकर्ता हुन्। ६ वर्ष बार्सिलोनामा रहेका उनले २८३ खेलमा १९८ गोल गरेका छन्।
तर, नयाँ प्रशिक्षक रोनाल्ड कोमन आएसँगै क्लब र प्रशिक्षक दुवैले सुआरेजलाई आफ्नो योजनामा नभएको जानकारी गराए।
यता सुआरेजले इटालीको नागरिकता पाउन समय लाग्ने भएपछि युभेन्ट्सले हात झिकेको थियो। सोही कारण उनी अर्को स्पेनिस क्लबसँग जोडिएका थिए।
तर, बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले सुआरेजको सम्झौतामा रोक लगाएका थिए। उनलाई कुनै पनि स्पेनिस शीर्ष क्लब जान आदेश दिइएको थिइएन।
तर, सुआरेजले आफूलाई जान नदिएमा मिडियामा जाने चेतावनी दिएपछि बार्सिलोना अध्यक्ष आफ्नो निर्णयबाट एक कदन पछि हटेका थिए। बार्सिलोनाले उनलाई स्वतन्त्र मूल्यमा एथ्लेटिको मड्रिडमा स्वीकृति दिएको थियो।
सुआरेजलाई यसरी बिदा गरेकामा मेसीले असन्तुष्टि जनाएका हुन्।
उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा सुआरेज र आफ्नो तस्वीर पोष्ट गर्दै लेखेका छन्, ‘तिमीलाई उनीहरुले यसरी निकालिनु हुँदैनथ्यो, तर यो मेरा लागि अब यो नौलो कुरा होइन।’
यसअघि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ ले पराजित भएको केहि दिनपछि मेसीले बार्सिलोना छाड्ने निर्णय गरेका थिए। तर, क्लबले ७ सय मिलियन युरो रिलिज क्लज तिर्न नसकेपछि उनी बार्सिलोनामै बसेका थिए। उनी एक सिजन क्लबमै रहने छन्।
मेसीले सुआरेजलाई ‘मिस’ गरिरहेको बताएका छन्। आफू ड्रेसिङ रुममा गएको तर त्यो ठाउँ निकै शून्य लागेको भन्दै उनले भनेका छन्,‘तिमीलाई अर्को जर्सीमा देख्दा, झन एकअर्काविरुद्ध हुँदा अनौठो हुनेछ।’
उनले सुआरेजलाई आगामी दिनको लागि शुभकामना पनि दिएका छन्।