विश्‍वकर्मा यसरी बने पहिलो लोकस्टार

देखापढी

काठमाडौं

कृष्णसिंह धामी

गोठालो या मेलापातमा जाँदा होस्, उनको मुखबाट गीत आईहाल्थ्यो। सानैदेखि गीतप्रति उनको लगाब बढी थियो। स्कूलमा हुने कार्यक्रमदेखि चाडवाड, विहेबटुलोलगायतको सांस्कृतिक कार्यक्रममा उनी पुगिहाल्थे। 

त्यही लगाबका कारण रोल्पाको रोल्पा नगरपालिका-८ जंकोटका शनि विश्वकर्माले १८ वर्षको उमेरमै पहिलो राष्ट्रियस्तरको प्रतियोगितामा लोकस्टारको उपाधी जिते। 

उनै शनिको स्वरमा रहेको गीत ‘झुम्का झलक्कै’ चर्चामा छ। लोकस्टारको उपाधी जितेपछि उनको यो पहिलो व्यवसायीक गीत हो। “पहिलो गीतबाटै एकदम राम्रो प्रतिक्रिया पाएको छुँ। धेरैले मन पराइदिनुभएको छ। भिडिओ पनि राम्रै बनेको छ। यसले मलाई अझ काम गर्ने हौसला दियो।” गायक शनिले भने। 

कोरोना महामारीका कारण उनले आफ्नो प्रस्तुती सार्वजनिक गर्न केही ढीला भएको बताए। आफ्नो प्रेरणाको स्रोत उनले ठूलोबुवालाई मान्छन्। 

उनको परिवारमा त संगीत क्षेत्रमा लागेको कोही छैन्। तर, ठूलोबुवा भने गीत गाउने गर्छन। ठूलोबुवाकै संगतबाट उनले आफूलाई गायन क्षेत्रमा लगाएर आफूभित्रको प्रतिभालाई चिन्ने मौका पाए। 

प्रकाशित मिति: : 2020-09-26 12:41:55

प्रतिकृया दिनुहोस्