रियल बेटिससँग मड्रिडको संघर्षपूर्ण जित

 स्पेनिस ला लिगा अन्तरगत शनिबार राति भएको नयाँ सिजनको दोस्रो खेलमा रियल मड्रिडले जित दर्ता गरेको छ। 

पहिलो खेलमा बराबरीमा रोकिएको मड्रिडको यो लिगमा पहिलो जित हो। 

अवे मैदानमा भएको खेलमा मड्रिडले रियल बेटिसलाई ३–२ ले पराजित गरेको हो।

पहिलो हाफमा मड्रिड २–१ ले पछि परेको थियो। तर दोस्रो हाफमा मड्रिडले दुई गोल गर्न सफल भयो।

खेलको १४औँ मिनेटमा भल्भेर्देले गोल गर्दै मड्रिडलाई अग्रता दिलाए। तर, त्यो अग्रता धेरै समय टिक्न सकेन। खेलको ३५औँ मिनेटमा म्यान्डीले गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसपछि केही आतिएको मड्रिडले ३७औँ मिनेटमा अर्को गोल खायो। बेटिसका विलियम कारभाल्होले गरेको प्रहार मड्रिडका गोलरक्षकले बचाउँन सकेनन। पहिलो हाफ २–१ ले अग्रता बनाएको बेटिसले दोस्रो हाफमा सम्हालिन सकेन।

खेलको ४८औँ मिनेटमा बेटिसका लेइते डी सोउजा जुनियरले आत्मघाती गोल गरे। उनले ६७औँ मिनेटमा सीधै रातो कार्ड पाए। 

खेलको ८२औँ मिनेटमा पेनाल्टीमा सर्जिओ रामोसले गोल गरेपछि मड्रिड विजयी भयो। 

अन्य खेलका नतिजा

शनिबार राति भएका अरु खेलमा रियल सोसिडाडले एल्चेलाई ३–० ले पराजित गर्‍याे। यता एलाभेस र गेटाफेले गोलरहित तथा भ्यालेन्सिया र हुएस्काले १–१ को बराबारी खेले।

प्रकाशित मिति: : 2020-09-27 06:19:21

प्रतिकृया दिनुहोस्