सुन तथा चाँदीको भाउमा सामान्य गिरावट

साताको पहिलो दिन आइतबार सुन तथा चाँदीको मूल्यामा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ६०० रुपैयाँ तथा चाँदी १० रुपैयाँले घटेको हो।

आइतबारका लागि छापावाला सुनको बजार भाउ ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुनको ९२ हजार ८०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार छापावाला सुन ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदीको भाउ १० रुपैयाँले घट्दै तोलाको १ हजार १५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2020-09-27 14:59:09

प्रतिकृया दिनुहोस्