डेब्यु खेलमै उरुग्वेली फरवार्ड लुइस सुआरेजले दुई गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले फराकिलो जित निकालेको छ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा एट्लेटिकोले ग्रान्डालाई ६-१ गोल अन्तरले पराजित गरेको हो।
एट्लेटिको जितमा सुआरेजले दुई गोल गरे। उनी शुक्रबारमात्रै बार्सिलोनाबाट ६ मिलियन युरोमा क्लबमा भित्रिएका थिए।
यस्तै डिएगो कोस्टा, एन्जल कोर्रेया, जोआ फेलिक्स र मार्कुस लोरेन्टले समान एक एक गोल गरे। यता ग्रानडाका जोर्गे मोलिनाले एक गोल फर्काए।
घरेलु मैदानमा नवौं मिनेटमा कोस्टाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। १६औँ मिनेटमा एट्लेटिको पेनाल्टी पाएको थियो। तर, उक्त मौकालाई सउल निगुएजले सदुपयोग गर्न सकेनन्।
पहिलो हाफ १–० ले अगाडि रहेको एट्लेटिकोले दोस्रो हाफमा आक्रमक खेल खेल्यो।
४७औँ मिनेटमाकोर्रेयाले गोल गर्दै एट्लेटिको अग्रता दोब्बर बनाए। ६५औँ मिनेटमा फेलिक्सले गोल गर्दै ३–० गोलको फराकिलो अग्रता दिलाए।
७०औँ मिनेटमा सुआरेजले डेब्यु गरे। उनी कोस्टाको स्थानमा मैदान प्रवेश गरेका थिए।
७२औँ मिनेटमा लोरेन्टले गोल गर्दा एट्लेटिकोको अग्रता ४–० पुर्याए। उनको गोलको लागि सुआरेजले सुन्दार पास मिलाएका थिए।
८५औँ मिनेटमा सुआरेजले टोलिको लागि पहिलो गोल गरे। खेलको ८७औँ मिनेटमा ग्रान्डाका मोलिनाले एक गोल फर्काएसँग खेल ५–१ को स्थितिमा पुग्यो।
इन्जुरी समयमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई ६–१ को फराकिलो जित दिलाए।
जितसँगै एक खेलबाट एट्लेटिकोले तीन अंक जोडेको छ। एट्लेटिको नवौं स्थानमा छ। यता पराजित ग्रान्डाको २ खेलबाट ३ अंक जोड्दै दोस्रो स्थानमा यथावत छ।