प्रहरीले बैलर कुखुराको चल्लालाई रंग लगाएर ‘लोकल’ भन्दै महङ्गो दरमा बिक्री गर्ने चार भारतीय नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौँको कंलकीमा नक्कली लोकल कुखुराको बिगबिगि मच्चिए पछि प्रहरीले सो विषयमा अनुसन्धान सुरु गरेको थियो। सोही क्रममा अनुगमन गर्दा महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले मंगलबार कलंकीबाट उनीहरुलाई नियन्त्रणमा लिएको वृतका डिएसपी अपिल बोहोरले जानकारी दिए।
सेतो चल्लालाई कालो रातो रङ्ग लगाउदै गर्दा काठमाडौं कंलकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान,सुनिता जैसवाल,चन्दा देवी शाह कालीमाटी बृत्तले पक्राउ गरेका छ।
करिव अन्दाजी २० हजार गोटा तयारी तथा रङ्ग लगाउन बाकी चल्ला बरामद गरिएको डिएसपी बोहराले बताए।
प्रहरीले कुल २८ हजार ६ सय चल्लाको बरामद गरेको छ। जसमध्ये ३ हजार ६ सय ५० चल्लामा कलर गरिएको हो। बोईलरभन्दा लोकल वा गिरिराज चल्ला महङ्गोमा हुने भएकोले कलर गरेको उनले बताए।
‘राजधानीका विभिन्न क्षेत्र लोकल,गिरिराज,कोईलर भन्दै १० रूपैयाँमा गरिद गरि ल्याएको चल्ला दुई सय देखि ३ सयसम्म विक्रि वितरण गर्दै आइरहेका खुलेको छ,’ डिएसपी बोहोराले भने।