शंकर दास वैरागीको नायब सुब्बादेखि मुख्य सचिवसम्मको यात्रा

देखापढी

काठमाडौं

सुरेन्द्र पौडेल

शंकर दास वैरागीले सन् २०१४ मा स्वीट्जरल्याण्ड बाट परराष्ट्र मन्त्रालय फर्कँदा धेरैको वाहवाही पाएका थिए। सचिवभन्दा राजदूत बन्न मरिहत्ते गर्नेहरुको भीडमा उनी भिन्न देखिए, उदाहरणीय पात्र बने। 

यसको पछाडि एउटै कारण थियो– हुँदाखाँदाको स्थायी प्रतिनिधि तथा राजदूतको जिम्मेवारी बीचमै छोडेर परराष्ट्र सचिव हुन स्वदेश फर्किनु।  “परराष्ट्र मन्त्रालय लथालिङ्ग भएको छ। यसलाई सम्हाल्न राजदूतको जिम्मेवारी बीचमै छोडी म फर्केको हुँ। हामीले नसम्हाले परराष्ट्रलाई कसले सम्हाल्छ,” ६ वर्ष अघि बैरागीले भनेका थिए। त्यसपछि उनी निमित्त, कामु हुँदै देशको २३औं परराष्ट्र सचिव बनेका थिए। दिन थियो– अक्टोबर ११, २०१५। 

सो वर्ष नेपालले तीन वटा परराष्ट्र सचिव पाएको थियो– दुर्गाप्रसाद भट्टराई, अर्जुनबहादुर थापा र शंकर दास वैरागी। परराष्ट्र मन्त्रालय कति व्यवस्थित र योजनामा चल्छ भन्ने यो राम्रो उदाहरण हो। भट्टराई न्यूयोर्कस्थित नेपाली स्थायी नियोगमा स्थायी प्रतिनिधि भएर गएपछि थापा परराष्ट्र सचिव बनेका थिए। थापा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को महासचिव बनेर गएपछि परराष्ट्र सचिव रिक्त रहेको थियो।

त्यसपछि चार वर्षे कार्यकालको आधा समय पनि नबित्दै वैरागी परराष्ट्र मन्त्रालय सम्हाल्न भनी जेनेभाबाट फर्केका थिए। वैरागीले परराष्ट्र सचिवको जिम्मेवारी सम्हालेको पाँच वर्ष पुग्न लागेको छ। यो बीचमा परराष्ट्र मामिलामा धेरै उताव चढाव आए। अति कठिन परिस्थितिबाट परराष्ट्र सम्बन्ध गुज्रिरहेको छ। देशले नाकाबन्दी समेत खेप्नु पर्‍यो। परराष्ट्रलाई कति सम्हाल्न सके वा सकेनन् त्यो उनी आफैले सार्वजनिक गर्लान्। 

प्रकाशित मिति: : 2020-10-01 15:29:29

प्रतिकृया दिनुहोस्