सडनडेथमा लिभरपुललाई पराजित गर्दै आर्सनल कारवाओ कपको क्वाटरफाइनलमा

सडनडेथमा लिभरपुललाई पराजित गर्दै लन्डन क्लब आर्सनल कारवाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

एनफिल्डमा बिहीबार राति भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुगिंएपछि पेनाल्टी सुटआउट र त्यसपछि सडनडेथमा आर्सनल ५–४ ले विजयी भएको हो। 

पेनाल्टी सुटआउटमा आर्सनलका एलक्सान्द्रे लाकाजेट, सेडरिक सोआरेस, एन्सले मेटल्यान्ड निल्स, निकोलस पेपे र जोसेप विललकले गोल गर्दा तेस्रो पेनाल्टी प्रहार गरेका मोहमेद इलाने चुकेका थिए। 

लिभरपुलका जेम्स मिल्नर, जर्जिनो वाइनाल्डम, ताकुमी मिनामिनो र कर्टिस जोन्सले गोल गर्दा चौथो पेनाल्टी प्रहार गरेका डिभोक ओरिगी र छैटौं पेनाल्टी प्रहार गरेका ह्यारी विल्सन चुके।

यस्तै अर्काे खेलमा ब्रेन्टफोर्डले फुलहमलाई ३–० ले तथा स्टोक सिटीले एस्टन भिल्लालाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ।

प्रकाशित मिति: : 2020-10-02 07:00:36

प्रतिकृया दिनुहोस्