वायर्न म्युनिखका रोवर्टो लेवान्डोस्की यूईएफए वर्ष पुरुष खेलाडी घोषित भएका छन्।
पेरिस सेन्ट जर्मन (पीएसजी)का केलियन एम्बापे र नेयमारलाई पछि पार्दै वायर्न म्युनिखका लेवान्डोस्की यूईएफए च्याम्पियन्स लिगको उत्कृष्ट फरवार्ड घोषित भएका हुन्।
यूईएफएले बिहीबार राति जेनेभामा २०२०–२१ का लागि गरेको समूह विभाजनका दौरान घोषणा गरेको पोजिसनल अवार्डमा लेवान्डोस्की २०१९–२० को उत्कृष्ट खेलाडी र फरवार्ड बनेका हुन्।
अन्य विधामा पनि वायर्नकै वर्चस्व रह्यो। यूईएफए प्रेसिडेन्टस अवार्ड आइभोरी कोस्टका फरवार्ड डीडीएर ड्रोग्बाले पाए।
कोच अफ दि एयर वायर्नकै हन्सी फ्लिीक बने। उत्कृष्ट मिडफिल्डर म्यानचेष्टर सिटीका केभिन डि ब्रुएन बने। उनीसँग वायर्नका थियागो अल्कान्टारा र थोमस मुलर थिए।
सिजनको उत्कृष्ट डिफेन्डर डिफेन्डर वायर्नका जोसुवा किमिच बने। उनले वायर्नकै डेभिड अल्बा र अल्फान्सो डेभिसलाई पछि पारे।
गोलकिपर अफ दि सिजन पनि वायर्नकै म्यानुअल नोएर बने। उनले पीएसजीका केलर नाभास र एथलेटिको दि मड्रिडका जान ओब्लाकलाई पछि पारे।