ज्यूदैँ मृत घोषणा गरिएका लक्ष्मीकुमारको सबै उपचार खर्च डा.इवामुरा अस्पतालले बेहोर्ने

इन्डोस्कोपी गर्ने बित्तिकै कोमामा पुगेका लक्ष्मीकुमार लाखाजुको सम्पूर्ण उपचार खर्च अस्पतालले व्यहोर्ने गरी सहमति भएको छ। गत बिहीबार डा.इवामुरा अस्पतालमा इन्डोस्कोपी गर्न पुगेका लाखाजुलाई अस्पतालले मृत घोषणा गरिदिएको थियो। 

त्यसपछि नर्भिक अस्पतालमा पुर्‌याइका उनी जीवितै प्रमाणित भए। तर, अवस्था एकदमै नाजुक भइसकेकाले उनी अहिले कोमामा छन्। 
त्यसपछि परिवार र छिमेकीले डा. इवामुरा अस्पतालमा बिहीबार धर्ना दिएका थिए। 

धर्नासँगै अस्पताल प्रसाशनसँग भएको वार्तामा अस्पतालले विरामीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने गरी सहमति भएको धर्नामा बसेका रत्न चवालले जानकारी दिए। 

बिहीबार राति अबेरसम्मै अस्पताल प्रसासनसँग भएको वार्तामा अस्पतालले उपचार खर्च बेहोर्ने सहमति भएपछि धर्ना पनि सकिएको छ। 

प्रकाशित मिति: : 2020-10-02 09:20:44

प्रतिकृया दिनुहोस्