प्रतिबन्धपछि मैदान फर्किएका ब्राजिली स्टार फरवार्ड नेयमारले दुई गोल गरेपछि पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबल एन्जर्समाथि शानदार जित निकालेकाे छ।
पार्क डि प्रिन्सेसमा शुक्रबार राति भएको खेलमा घरेलु टाेली पीएसजीले एन्जर्सलाई ६–१ ले पराजित गरेको हो।
पीएसजीका लागि नेइमारले दुई तथा एलेसान्ड्रो फ्लोरेन्जी, जुलिएन ड्रेक्सलर, इड्रिसा गुएयी र केलियन एमबाप्पेले एक/एक गोल गरे। एन्जर्सका लागि इजमाइल ट्राओरीले एक गोल गरेका हुन्।
घरेलु टोलीले खेलको सातौ मिनेटमा नै एलेसान्द्रो फ्लारेन्जीको गोलबाट अग्रता लिएको थियो।
३६औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे। एमबाप्पेले दुई खेलाडी बाम्बा र थिओवलाई बिट गर्दै दिएको पासमा नेयमारले क्लोज रेन्जबाट उत्कृष्ट फिनिस गरे।
४२औं मिनेटमा एमबाप्पेले गोल गरेपनि भिएआरबाट मान्यता पाएन। सुरुवातमै बल रिलिज गरेका मोउरो इकार्डी अफ साइड पोजिसनमा रहेका थिए। उनकै पासमा एमबाप्पेले जाली चुमाएका थिए।
४७औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई सहज जिततर्फ अगैसर गराए।
५२औं मिनेटमा क्यापेलीको क्रसमा इस्माइल ट्राओरेले हेडरमार्फत गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएका थिए।
५७औँ मिनेटमा जुलियन ड्राक्सलरले मिट्चेल बाक्केरको पासमा गोल गरेपछि पीएसजीले खेलमा ४–१ को अग्रता लियो। ७१औं मिनेटमा इड्रिसिया गान गुआईले नेयमारको पासलाई सदुपयोग गर्दै गनाेल गरे। ८४औं मिनेटमा पाब्लो साराबियाको पासमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ६–१ को सानदार जित दिलाए।
पीएसजीले शुरुवाती दुई खेलम गुमाएपछि लगातार चौथो जित निकालेको हो। पहिलो र दोस्रो खेलमा लेन्स र मार्सेसँग समान १–० ले पराजित भएको पीएसजीले त्यसपछि जितको लय समात्दा मेट्जमाथि १–०, निसमाथि ३–० र रेइम्समाथि २–० को जित निकालेको थियो।
जितसँगै पीएसजी ६ अेलबाट १२ अंक जोडेर लिग वानको दोस्रो स्थानमा उक्लिएको छ। रेनिस १३ अंकसहित शीर्षस्थानमा रहेको छ। एक खेल कम खेलेका लिल, मोन्टपिलिएर, सेन्ट इटिएन, मोनाको र लेन्सको समान १० अंक छ। पराजित एन्जर्स ९ अंकसहित आठौं स्थानमा छ।