भौतिकशास्त्रमा रोजर पेनरोज, रिनहार्ड र एन्डियालाई नोबेल पुरस्कार प्रदान

सन् २०२० को भौतिकशास्त्रको नोबेल पुरस्कार रोजर पेनरोज, रिनहार्ड गेञ्जेल र एन्डिया गेजलाई प्रदान गरिएको छ। 

रोजर पेनरोजलाई अल्बर्ट आइन्सटाइनको ‘जनरल थ्योरी अफ रिलेटिभिटी’ को बारेमा गरिएको सोधका लागि प्रदान गरिएको हो। उनले ‘म्याथमेटिक्स मेथड’ तयार पारेका थिए। 

गेञ्जेल र गेजले संयुक्त रूपमा ‘ब्ल्याक होल’ र ‘मिल्की वे’ को रहस्यलाई उजागर गरेका थिए। 

सन् १९०१ देखि आजसम्म १ सय १३ पल्ट आयोजना भएको नोबेल पुरस्कारमा भौतिकशास्त्रमा २ सय १२ जना पुरस्कृत भइसकेका छन्। 

यसमा जोन बार्डिनले दुई पल्ट नोबेल प्राप्त गरेका थिए। उनलाई पहिलो पल्ट ट्रान्जिस्टर र दोस्रो पल्ट सुपर कन्डक्टिभिटीका लागि पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित मिति: : 2020-10-06 17:21:03

प्रतिकृया दिनुहोस्