दर्शकको मन जित्‍न कसरी सुधार्ने नेपाली चलचित्रको गुणस्तर ?

देखापढी

काठमाडौँ

कृष्णसिंह धामी

नेपालमा हरेक वर्ष १०० भन्दा बढी चलचित्र निर्माण हुन्छन्। तीमध्ये बढीमा ५ चलचित्रले सन्तोषजनक व्यापार गर्छन्। दुईदेखि तीन चलचित्रले मात्र नाफा कमाउँछन्। यो भनेको नेपाली चलचित्रका लागि दयनीय अवस्था हो। 

वर्षौंदेखिको नेपाली चलचित्रले भोगेको यो समस्याको समाधानतर्फ कुनै पनि निकायको तर्फबाट पहल भएको देखिदैँन। राज्य र चलचित्रकर्मीले एकअर्कालाई आरोप-प्रत्यारोप माात्र गरिरहेका छन्। 

कोरोना महामारीको असहज परिस्थितिका कारण ६ महीनादेखि चलचित्र क्षेत्र ठप्प छ। न चलचित्र प्रदर्शनमा आएका छन्, न त छायांकनको काम नै भएको छ। ठप्प रहेको चलचित्र क्षेत्र अब व्यापक सुधारसहित आफ्नो लयमा फर्किनुपर्ने हुन्छ। त्यसका लागि के गर्ने ?

चलचित्र निर्माता तथा चलचित्र समिक्षक मनोज पण्डित अब बन्ने कथावस्तु नै फरक हुनुपर्नेमा जोड दिन्छन्। “अहिलेसम्ममा जसरी चलचित्र निर्माण भइरहेका छन्। तिनीहरूले अब नेपाली चलचित्र क्षेत्र चल्न सक्दैन। अब नयाँ खालको सामाजिक कथामा आधारित चलचित्र निर्माण गर्नुपर्छ।” उनी भन्छन्। 

प्रकाशित मिति: : 2020-10-07 15:25:03

प्रतिकृया दिनुहोस्