ट्रम्प ‘भर्च्युअल प्रेसिडेन्सियल डिबेट’मा सहभागी नहुने !

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘भर्च्युअल प्रेसिडेन्सियल डिबेट’ गराउने प्रस्ताव अस्वीकार गरेका छन्।

कोरोना भाइरसको संक्रमणका कारण आइसोलेसनमा रहेका उनले अक्टोबर १५ का लागि निर्धारित ‘प्रेसिडेन्सियल डिबेट’ भर्च्युअल गर्न अस्वीकार गरेका हुन्।

कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका उनी पूर्णरूपमा ठीक नहुँदै ३ दिन अस्पतालमा बसेर डिस्चार्ज भएका थिए। 

सोमबार बेलुका ह्वाइट हाउस फर्किएका उनी त्यसको २ दिनपछि आज  ह्वाइटहाउस स्थित ओवल अफिसमा पुगेका थिए। ओवल अफिस पुगेर ट्वीटरमा भिडियो सन्देश दिएका ट्रम्पले आफूमा कुनै स्वास्थ्य समस्या नभएको बताएका छन्।

यद्यपी प्रेसिडेन्सियल डिबेटमा भाग लिन भने अस्वीकार गरेका छन्।

निर्वाचनअघि राष्ट्रपतिका उम्मेदवारले डिबेटमा भाग लिने परम्परा १६४ वर्ष पुरानो हो। दोस्रो ‘प्रेसिडेन्सिय डिबेट’ १५ अक्टुबरमा फ्लोरिडाको मियामी टाउन हलमा निश्चित थियो। यसमा सर्वसाधारणको प्रश्नको उत्तर दिने तालिका पनि तय गरिएको थियो। 

तर, कोरोना भाइरसको कारण डिबेट गराउने संस्थाले आगामी डिबेट भर्च्युअल गर्न प्रस्ताव गरेको थियो। यद्यपी ट्रम्पले यस्तो योजना हास्यास्पद रहेको बताए।

ट्रम्पले भनेका छन्, ‘म भर्च्युअल डिबेटमा आफ्नो समय बर्बाद गर्दिनँ। बहस यस्तो हुँदैन। कम्युटरको पछिल्तिर बसेर डिबेट गर्नु हास्यास्पद हो।’

ट्रम्प दम्पतीलाई गत साता कोरोना संक्रमण भएको हो। उनीहरु क्यारेन्टाइनमा छन्।

चुनाव अघिसम्म ट्रम्पले कोरोनालाई खासै महत्व दिएका थिएनन्। उनी सार्वजनिक समारोहमा दुई पल्ट मात्र मास्क लगाएर उपस्थित भएका थिए। 

उनले मास्क लगाएको विषयलाई लिएर वाइडेनको थुुप्रै ठाउँमा मजाक पनि उडाएका थिए। तर, चुनावको मुखमा आफै कोरोनाबाट ढल्न पुगेपछि चुनावी अंकगणितमा पनि यसले ठूलो महत्व राख्ने बताइएको छ। 

ट्रम्प हाल ७४ वर्षमा प्रवेश गरिसकेका छन्। त्यसैले उनी तुरुन्त स्वास्थ्य लाभ गरेर चुनावी माहौलमा फर्किहाल्छन् भन्ने कुरामा पनि आशंका व्यक्त गरिएको छ। 

याे पनि 

राष्ट्रपतिका प्रतिस्पर्धीको भन्दा उपराष्ट्रपतिका प्रतिस्पर्धीको बहस गुणस्तरीय

पुर्णरुपमा ठिक नहुँदै काममा फर्किए ट्रम्प, सबैलाई कोरोनाको औषधी दिने गरे घाेषणा

अक्सिजन लेभल कम भएकै अवस्थामा दिइयाे ट्रम्पलाई डिस्चार्ज, चुनाव प्रचारमा छिट्टै फर्किने घाेषणा

काेराेना संक्रमित ट्रम्पको अर्को विवादास्पद कार्य, अस्पतालबाट बाहिर आएर समर्थकलाई गरे अभिवादन

ट्रम्पको स्वास्थ्य अवस्था र अमेरिकी चुनावको भविष्य?

प्रतिस्पर्धी बाइडेन र उत्तर कोरियाका नेता किमद्वारा ट्रम्प दम्पतीको स्वास्थ्य लाभको कामना

बाइडेन दम्पतीको कोरोना टेस्ट नेगेटिभ

यी हुन कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेता

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण

सल्लाहकारलाई संक्रमण भएपछि ट्रम्पको कोरोना परीक्षण

‘प्रेसिडेन्सियल डिबेट’ मा चर्काचर्की:ट्रम्पले भने–वाइडेन राष्ट्रपति भएको भए २ करोड मान्छे मारिन्थेँ, वाइडेनले भने– सटअप!

 

प्रकाशित मिति: : 2020-10-08 19:35:30

प्रतिकृया दिनुहोस्