अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा स्वीडेनसँग रसियाले पराजित भएको छ।
भिइबी एरिना रसियन फेडेरेसनमा बिहीबार राति भएको खेलमा स्वीडेनले रसियामाथि २–१ को जित निकालेको हो।
स्वीडेनको जितमा एलेक्सान्डर इसाक र म्याथियस जोहान्ससनले गोल गर्दा घरेलु टोलीका एलेक्सान्डर सोवेलेभले सान्त्वना गोल फर्काए।
स्वीडेनले खेलको २१औँ मिनेटमा एलेक्सान्डर इसाकको गोलबाट अग्रता लिएको थियो।
उनले सेवास्टियन लार्सनलको कर्नरलाई गोलमा परिणत गरेका थिए।
रसियाले ७३औँ मिनेटमा दोस्रो गोल खायो। क्रिस्टोफोर ओल्सनको पासमा म्याथियस जोहान्ससनले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सब्सिच्युट एलेक्सान्डर सोवेलेभले डेनिस चेरेसेभको पासमा गोल गर्दै खेल २–१ मा ल्याए। तर बाँकी समयगोल हुन नसक्दा रसियालाई २–१ ले पराजित हुन पुग्यो।
मैत्रीपुर्ण खेलपछि लिग ‘बी’ ३ मा रहेको रसियाले टर्कीसँग १२ अक्टोवरमा तथा हंगेरीसँग १५ अक्टोवरमा खेल्नेछ।
यता लिग ‘ए’ ३ मा रहेको स्वीडेनले ११ अक्टोवरमा क्रोएसियाको तथा १५ अक्टोवरमा पोर्चुगलको सामना गर्नेछ।