बहुमुखी प्रतिभा: डेनी डेन्जोङ्ग्पा 

डेनी डेन्जोङ्ग्पा
डेनी डेन्जोङ्ग्पा। बिएल ग्राफिक्स

सन्, १९४८ सालमा सिक्किममा जन्मिएका डेनी डेन्जोङ्ग्पा अहिले बहत्तर वर्षका भए। तर, अचम्म छ आज पनि उनी उस्तै नौजवान छन्। उनी नायक, खलनायक, गायक र लेखक सबै हुन्। यस्ता बहुमुखी प्रतिभाका धनी, डेनी आज हिन्दी चलचित्र जगतमा बहुआयामी हुन पुगेका छन्।

नेपाली चलचित्र ‘साइनो’ मा उनले अहम् भूमिका खेले। ‘सुन कथा एउटा गीत...भन मेरो सानु मित’ लाई आफ्नै सुमधुर स्वरले सजाए।

आज उनको संक्षिप्त चर्चा गर्ने इच्छा भएकाले यहाँ मैले उनका केही मुख्य फाँटहरू केलाएको छु।

प्राथमिक शिक्षा सिक्किमबाट पूरा गरेपछि डेनीले दार्जीलिङको सेन्ट जोसेफ कलेजमा उच्च शिक्षा हासिल गरेका हुन्। 

कलेज पढ्दैखेरि जया बादूडीसँग उनको राम्रो मित्रता थियो। कलेज सकिएपछि डेनी इन्डियन आर्मीमा सेवा गर्ने इच्छाले तयारीमा लागे। भनेजस्तो गरि पास पनि भए। 

तर उनकी आमाले उनी सिपाही होइन कलाकार  बनेको हेर्न चाहन्थिन्। ‘आर्मी भनेको देशको सेवा गर्ने, देश रक्षाको काम हो। जो अतिनै उत्तम हो। तर कलाकार भनेको सबै जनाले चिन्ने र मन पराउने काम हो जो अमर  पनि हुन्छ’, आमाले उनलाई सम्झाएकी थिइन्।

आमाको यस्तो सल्लाहपछि उनी सैनिक बन्न छोडेर कलाकारितामा लागेका हुन्। यो फिल्मी संसारमा शुरू शुरूमा डेनीले धेरै चोटी निराशा र हतासा झेल्नुपरेको थियो। 

पहिलो कुरा त तबसम्म उनको नाम छिरीङ्ग फेन्सो डेन्जोङ्पा थियो जो निकै लामो र अठ्यारो हुनाले जोसुकैले सजिलोसँग बोलाउनै गाह्रो परेको थियो। दोस्रो कुरा डेनी आफ्नै स्टायल र तौर तरिकामा रम्ने एक साहसिक पुरूष हुन भन्ने जानेपछि सबैले उनलाई नकारात्मक टिका टिप्पणी गरे। निन्दासमेत गर्दै गए। तर,असल मित्र उही हो जसले मित्रको मुस्किलमा साथ सहयोग पुर्‍याउँछ।

उनको जीवनमा पनि यस्तै भयो। जया बादूडीले उनलाई गाह्रो परेको बेला उचित सल्लाह र सुझाव दिइन्। डेनीको वर्तमान सुनामीको जग उनैले बसाएकी हुन्।  त्यति मात्रै होईन उनलाई प्रथम चलचित्र 'जरूरत' मा भरथेगसम्म गरिन्। बी.आर.चोपडाको 'धूँध' मा डेनी हिन्दी सिने जगतका क्षितिजमा झुल्किन पुगेका ध्रुवतारा हुन् र अझसम्म ओझेलमा परेका छैनन्।

डेनीले खलनायकको भूमिकामा खासगरी डाकू लुटेरा खेलेका अनेकौं चलचित्र सुपर हिट बने। हिन्दी सिनेमाका जम्मैजसो महानायकसँग उनले खलनायकको राम्रो किरदार निभाउँदै सबैमा आफ्नो छुट्टै पहिचान बनाए। राज कपूर, देवानन्द, राजेश खन्ना, धर्मेन्द्र, विनोद खन्ना, अमिताभ बच्चन, ऋषी कपूर, अनील कपूर, मिठुधजस्ता एक से एक महान नायकसँग ऊ एक्लै काफी थिए र अझै पनि उत्तिकै वजनदार छन्।

डेनीको जीवनशैली अतिनै मजा लाग्दो पनि रहेको छ‌। एकताका सबैका प्यारो, डाकाको भूमिकामा ख्यातिप्राप्त डेनीलाई आफ्नै जीवनसँग ‘कतै म साँच्चीकै डाँकु नै त भईनँ’ भन्ने अफ्ठ्यारो महसूस हुनथालेको र लगभग दुई वर्षसम्म चलचित्रबाट टाडिएर काठमाडौं र दार्जीलिङ जस्ता प्रसिद्ध ठाउँमा पुगी धेरै चिन्ता चिन्तनमा लागे र पछि आफ्नै अनुभवको एउटा स्क्रिप्ट तयार गरेपछि ऊ पुन:बम्बई फिरेका थिए।

उनले लेखेको त्यस स्क्रिप्टमा बनेको फिल्म 'फीर वही रात' उनको कुशल निर्देशनमा निर्मित चलचित्र हो।
डेनी डेन्जोङ्पा मधुरकण्ठका धनी गायक हुन्। उनले

आशा भोस्लेसँग गीत गाएका छन् र अझ अनेकौं हिन्दी गीतहरूमा उनको सुमधुर स्वर गूञ्जिएको हामीले देखे सुनेका छौं। नेपाली गीत संगीत फाँटलाई फराकिलो पार्दै डेनीले अनेकौं मीठा मीठा गीतहरू हामीलाई दिएका छन्।

‘रातो रानी फुलेझैं साँझमा,तिमी भुल्यौ कलेजी माझमा...' उनको अझसम्म सबैले मन पराएको गीत हो।. ..'मनको कुरालाई बाँधी नराख, गाँठो परी जाला झट्टै सुनाई देऊ..' जस्ता ज्यूँदा जाग्दा गीतहरू डेनीले सहजै गाएका छन्।

लगभग दुई सयभन्दा बढी चलचित्रमा सफल भूमिका प्रदर्शन गरेका डेनी डेन्जोङ्पा समग्र नेपाली भारतीय र विश्वकै अति प्रिय कलाकार हुन्। कला, कलाकै लागि हो भन्ने सिद्ध गर्न खप्पिस र अडिग यी बहुमुखी कलाकारको विवाह सिक्किमकी पूर्व राजकुमारीसँग भएको र उनका छोरा आज वलिउडमा बाबुको बिँडो थाम्दै अगाडि बढिरहेका छन्।

डेनी भारतीय हिन्दी चलचित्रका एक नम्बरी सुनजस्तै खलनायकका रूपमा छन्। उनलाई जुनसुकै भूमिका दिए पनि हिट र फिट हुन्छ भन्ने सबैको भनाई छ। आउने दिनमा सबैले उनीबाट अझ दमदार र झकास चलचित्र हेर्न पाईएला भन्ने प्रतिक्षामा बसेका उनका अनगिन्ती फ्यानहरू यत्र तत्र सर्वत्र भेटिन्छन्।

प्रकाशित मिति: : 2020-10-12 13:15:00

प्रतिकृया दिनुहोस्